काठमाडौं । सरकारले ऊर्जा तथा जलस्रोत विकासका समस्या पहिचान गर्दै भावी योजना समेटेर श्वेतपत्र ल्याउदैछ ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले श्वेतपत्र निष्कासन गर्न लागेको हो । श्वेतपत्र तयारीका लागि मन्त्रालय तथा नेपाल विद्युत प्राधिकरणले बिहीबारदेखि काम सुरु गरेका छन् ।
अघिल्लो सरकारले ल्याएका योजना तथा कार्यक्रमको कार्यान्वयनको समस्या तिनको समाधानका विषयमा पनि श्वेतपत्रमा समेटिने वतार्इएकाे छ । यस्तै विद्युत आपूर्तिमा सुधार, चुहावट नियन्त्रण, विद्युतीकरण, ठूला जलाशय आयोजनाको पहिचान तथा निर्माणलगायत विषय श्वेतपत्रमा उल्लेख हुनेछ । केही दिनभित्रै श्वेतपत्र सार्वजनिक गरिने तयार भइरहेकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले देशको समग्र अर्थतन्त्रका बारेमा श्वेतपत्र जारी गरएको महिना दिनमा ऊर्जाले पनि ल्याउन लागेको हो भने अर्थमन्त्री डा. खतिवडाले जारी गरेको श्वेतपत्रमा पूर्वाधार तथा ऊर्जामा निजी क्षेत्रको १० खर्ब रूपैया लगानी आवश्यक पर्ने उल्लेख गरेकाे छ ।
प्रतिकृया दिनुहॊस