नेपाल इन्स्योरेन्सको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीआजदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले चुक्तापुँजी बढाउन १०० प्रतिशत अर्थात ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सेयर निष्कासन जेठ ८ गतेसम्म भर्न पाइने  छ ।

हकप्रद निष्कासनका लागि दरखास्त पाइने र रकम बुझाउन एनआईबीएलको लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङा, बुटबल, वीरगञ्ज, र विराटनगरबाट पाइने छ ।

हाल कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७० हजार पुग्नेछ ।

इन्स्योरेन्सको शतप्रतिशत हकप्रदले समेत पाउने गरि २.२६२ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एनपीएलको उत्कृष्ट नेपाली खेलाडीलाई शारडा ग्रुपले अल-इलेक्ट्रिक ओमोडा इफाइभ प्रदान गर्ने

काठमाडौं । एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को अभिभावक कम्पनी शारडा …

प्रतिकृया दिनुहॊस