काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीआजदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले चुक्तापुँजी बढाउन १०० प्रतिशत अर्थात ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । सेयर निष्कासन जेठ ८ गतेसम्म भर्न पाइने छ ।
हकप्रद निष्कासनका लागि दरखास्त पाइने र रकम बुझाउन एनआईबीएलको लाजिम्पाट, लालदरबार, लगनखेल, चिप्लेढुङा, बुटबल, वीरगञ्ज, र विराटनगरबाट पाइने छ ।
हाल कम्पनीको चुक्तापूँजी ३० करोड १९ लाख ८८ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी ६० करोड ३९ लाख ७० हजार पुग्नेछ ।
इन्स्योरेन्सको शतप्रतिशत हकप्रदले समेत पाउने गरि २.२६२ प्रतिशत बोनस प्रस्ताव गरेको छ । बोनसपछि कम्पनीको पूँजी ६१ करोड ७६ लाख ३८ हजार ७०५ रुपैयाँ पुग्नेछ ।
प्रतिकृया दिनुहॊस