काठमाडाैं । दशैंको उपलक्ष्यमा सानिमा बैंकले “यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ । यो योजना १२ आश्विन देखि आश्विन मसान्तसम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुने बैंकले जनाएकाे छ ।
यसका साथै बैंकले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानिकाे व्यवस्था पनि गरेकाे छ ।
यसैगरी बैंकले पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा ३ हजार बराबरको सामान खरिद गर्दा ५ सय को निःशुल्क भौचर समेत प्रदान गर्ने जनाएकाे छ ।
प्रतिकृया दिनुहॊस