काठमाडौं । काठमाडौं र भक्तपुरमा भएका  छुट्टाछुट्टै दुर्घटनामा  दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

मंगलबाराति  गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षका शंकर पन्तको ज्यान गएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले ठक्कर दिँदा घाइते भएका पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।बसको ठक्करबाट घाइते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार भैरहेको छ ।

त्यस्तै  भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा रामेछापका २० वर्षका अनिश श्रेष्ठको ज्यान गएको छ ।

हिजो राति बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको प्रहरीले जनाएको छ ।  मोटरसाइकल दुर्घटना भएपछि बचाउन जाने क्रममा भे ६ प ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा  इलामका २१ वर्षका उज्वल राई र २३ वर्षका सुजल गहतराज घाइते भएका छन् ।घाईतेहरूको  डा: इबामुरा अस्पतालमा उपचार भैरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री