अवैध रूपमा भारततर्फ लादै गरेको ८० बोरा मटर बरामद

सुनसरी। सुनसरी देवानगंज-६ बाट अवैध रूपमा भारत  तर्फ लैजादै गरेको ८० बोरा सेतो मटर प्रहरीले बरामद गरेको छ । बिशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले अाइतबार देवानगंज स्थित सिमा एरियाबाट को १ च ८३६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

लुकाई छिपाई राखिएको अवस्थामा करिब १ लाख बराबरको ८० बोरा सेतो मटर फेला पारी बरामद गरिएको हो । बरामद गरिएको मटर, पिकअप गाडी र चालक समेतलाई आवश्यक कारबाहीको लागी सुनसरी भन्सार कार्यालय बुझाइएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एमाले कांग्रेस मिल्नुपर्छ भन्ने छ, तर हामीलाई हतार छैन : रमेश लेखक

काठमाडाैं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीले नयाँ समीकरण बनाउन हतार नगरेको बताएका …

प्रतिकृया दिनुहॊस