सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँ घट्यो

काठमाडौँ । मंगलबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १७ सयले घटेर प्रतितोला ९५ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा ९० रुपैयाँले घटेर तोलाको १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री