भारतमा कोरोनाबाट एकैदिन १०५३ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०५३ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८८ हजार ९३५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७५ हजार ८३ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५५ लाख नाघेको छ । भारतमा कुल संक्रमित ५५ लाख ६२ हजार ६६४ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ४४ लाख ९७ हजार ८६८ जना ठिक भएका छन् । त्यस्तै ९ लाख ७५ हजार ८६१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ६ करोड ५३ लाख २५ हजार ७७९ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ९ लाख ३३ हजार १८५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भत्कियो सगरमाथा जाने बाटो, आरोहण ठप्प

काठमाडौं । सगरमाथा जाने बाटो भत्किएपछि आरोहण ठप्प भएको छ । सगरमाथा, ल्होत्से र नुप्से …

प्रतिकृया दिनुहॊस