अपराधीलाई कारवाही र ज्यान रक्षाको माग गर्दै वीरगंजमा प्रदर्शन

वीरगंज । युवा सन्त, गौ रक्षक अभियन्ता एवं हिन्दू गुरु निवास आचार्यमाथि भएको गोली प्रहार भएपछि अपराधीलाई कानुनी दायरामा ल्याई कारवाहीको मागसहित देशभर प्रदर्शन शुरु भएको छ ।

यसै क्रममा आइतवार वीरगंजमा पनि अपराधीलाई कारवाही र सनातन तथा शान्तिप्रेमी नागरिकको ज्यानरक्षाको माग गर्दै नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्य समिति र जिल्ला कार्य समितिले संयुक्त रुपमा ¥याली निकाल्दै प्रदर्शन गरेको छ ।

संघका केन्द्रिय अध्यक्ष जनकलाल साहको नेतृत्वमा निस्केको ¥याली वीरगंजको घण्टाघरबाट शुरु भई माइस्थान, महावीर स्थान, आदर्शनर, घडिअर्वा पोखरी हुदै पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत भई सम्पन्न भएको थियो ।

पृथ्वी झा, विष्णु कुमार दास, सन्तोष कुमार गुप्ता, शिवशंकर प्रसाद, भिम भुजेल, राजेन्द्र पाल, हरिनारायण प्रसाद लगायतका व्यक्तित्वहरू सहभागी सो जुलुसमा गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामाको माग गरिएको थियो भने साधु सन्त तथा नागरिकलाई स्वतन्त्रता र शान्तिपूर्वक बाच्न दिनु पर्ने माग गरेका थिए । अपराधीलाई कारवाही नगरेसम्म आन्दोलन जारी रहने संघका केन्द्रिय अध्यक्ष जनकलाल साहले जानकारी दिए ।
अज्ञात व्यक्तिले गत हप्ता मध्यराती विराटनगरमा गोली प्रहारबाट सन्त निवाश आचार्य घाइते भएका थिए । उनको अहिले विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।  घटनास्थलमा आदिवासी मंगोल समुदायको धम्कीपूर्ण पर्चा समेत भेटिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री