हिमालयन बैंक लिमिटेड र ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशन विच लगानी सम्झौता

काठमाडौं । हिमालयन बैंक लिमिटेड र विश्व बैंक समूह अन्तर्गतको ईन्टरनेशनल फाइन्यान्स कर्पोरेशन (आइ एफ सि) बिच एक समारोहका बिच महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायमा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट कार्यकारी प्रमुख अशोक शम्शेर राणा र आइ एफ सि का तर्फबाट आवाशिय प्रतिनिधि एम रेहान रशिदले हस्ताक्षर गर्नु भएको छ ।

उक्त सम्झौता अनुसार आइ एफ सि ले हिमालयन बैंकलाई आवश्यक कोष कर्जा स्वरुप उपलब्ध गराउने छ । महिला उद्यमीहरुको साना तथा मझौला व्यापार स्थापना, संचालन र प्रवद्र्धन गर्नु उक्त सम्झौताको मुख्य उदेश्य हो ।

हिमालयन बैंक लिमिटेडले प्राप्त गरेको उक्त रकम नेपाली महिला उद्यमीहरुको साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने प्रयोग गर्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री