थप १ हजार १७० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५५ हजार नाघ्यो

काठमाडौं । आज सोमबार थप  १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १ हजार १७०   जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार ३ सय २९  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३६० जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३९ हजार ५ सय ७६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री