काठमाडौं । आज सोमबार उपत्यकामा थप ५ सय १२ जनामा कोरोना पुष्टि भएको छ ।
उपत्यकाका ३ जिल्ला काठमाडौ ,ललितपुर र भक्तपुरमा क्रममा ४४०, २९ र ४३ जना गरि थप ५ सय १२ जनामा कोरोना संक्रमण भएको हो।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५५ हजार ३ सय २९ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३६० जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३९ हजार ५ सय ७६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




