गण्डकी । गण्डकी प्रदेशमा आइतबार विहान थप ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा आइतबार थप ३२ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा लमजुङका १७ जना, नवलपरासी पूर्वका ८ जना, कास्कीका २ जना, स्याङजाका ४ जना र तनहुँका एक जना रहेका छन् । कास्की जिल्ला, पोखरा महानगरपालिका-१६ का २० बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत कर्मचारी हुन् भने स्याङ्जा जिल्ला, पुतलीबजार-३ का ७६ बर्षीय पुरुष र कास्की जिल्ला पोखरा महानगरपालिका -९ का ७० बर्षीय पुरुष पोखरा महानगरपालिका स्थित मणिपाल अस्पतालमा उपचाररत हुन् ।
त्यस्तै लमजुङ जिल्ला, सुन्दरबजार -९ का १६ जना पुरुषहरु नेपाल आर्मीमा कार्यरत रहेका हुन् । अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८१४ रहेको छ भने निको हुने दर ६१.८ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २९३५ जना संक्रमित भएका छन् ।



