सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । सोमबार स्थिर रहेको सुनको मुल्यमा मंगलबार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार सुन तोलाको ९६ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार चाँदीको मुल्यमा पनि सामान्य गिरावट आएको छ ।

मंगलबार चाँदीको मुल्य तोलामा १० रुपियाँले घटेर १ हजार ३१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री