काठमाडौं । आज शुक्रबार थप १ हजार ३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज शुक्रबार १ हजार ३५९ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार २ सय ३६ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २७१ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये २५ हजार ५ सय ६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया



