आइएमईले पुर्याउँदै छ घर–घरमा नै रेमिटेन्सको सुविधा

काठमाडौं । नेपालको सबैभन्दा विश्‍वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको छ ।

नयाँ सुविधा अन्तर्गत आफुलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ ।

प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी आफ्नो  रकमको अवस्था एकिन गर्न सकिनेछ ।

यदि आफ्नोलाई पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नु सक्नुहुनेछ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा थिची आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सक्नुहुनेछ ।

नयाँ सुविधा अन्तर्गत आफूलाई स्वदेश वा विदेशबाट आएको रकम प्राप्त गर्नका लागि आइएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गरी पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्छ ।

यदि पठाएको रकम आइएमई पे एपमा नै प्राप्त गर्नुपर्ने भएमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नु सकिने छ । त्यसका अतिरिक्त ‘नियर बाइ एजेन्ट’ मा थिची आफूलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्त गर्न सकिने छ ।

यी सवै सुविधा प्राप्त गर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्ने आइएमई ग्रुपले जानकारी दिएको छ । परिस्थिति सामान्य हुँदै गएको खण्डमा आफ्नो मोबाइल वालेटबाट पैसा सजिलै झिक्न पनि सकिन्छ । रकम लिँदै आएको एजेन्ट कहाँ गई सजिलै नगद लिन सकिन्छ ।

आइएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अन्य कसैको बैंक खातामा पनि पठाउन सकिन्छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री