निषेधाज्ञाको १२ औँ दिनः यस्तो देखियो काठमाडौं [फोटोफिचर]

काठमाडौं । कोरोना संक्रमणको दर बढ्दै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको १२ औं दिन आज (सोमबार) पनि उपत्यका सुनसान छ ।

सडकमा गाडी गुडेका छैनन् भने पसलहरू खुलेका छैनन् । निषेधाज्ञा उलंघन गर्ने केही सवारीहरुलाई प्रहरीले होल्ड गरिरहेको देख्न सकिन्छ भने अत्यावश्यक एम्बुलेन्स, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफूल बोक्ने सवारी साधनहरु सञ्चालनमा आएका छन् ।

तर भित्रि गल्लीहरुमा लुकिछिपी पसलहरु सञ्चालनमा आएका छन् । निषेधाज्ञाका बाबजुद घरबाहिर निस्किनेहरु पनि थुप्रै देखिन्छन् । काठमाडौं उपत्यकाका तीनवटै प्रशासनले यहि १७ गतेसम्म निषेधाज्ञा लागू गरेको छ ।

हेर्नुहोस् निषेधाज्ञाको १२ औं दिन यस्तो देखियो उपत्यका :-

तपाईंको प्रतिकृया

लेखकबाट थप