नेपालमा कोरोनाबाट चार वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चार वर्षीया बालिकासहित ३ जना महिला र ४ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

त्यसैगरी झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७४ वर्षीय र भक्तपुरका ७७ वषीय पुरुषको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२८ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री