रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको  मृत्यु भएको छ । मृत्यु हनेमा बुटवल उपमहानगरपालिका-५ का ६७ वर्षीय पुरुष रहेका छन् ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार  १२ बजे मृत्यु भएको हो ।

उनी श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि आइतबार बिहान ४ : ३५ बजे अस्पताल भर्ना भएका थिए ।

उनीमा मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप