वीरगंज। एशियाली विकास बैंक (एडिवि)को सहयोगमा चलिरहेको विकास निर्माणका कार्यहरुमा तिव्रता ल्याउनु पर्ने धारणा सरोकारवालाहरुले व्यक्त गरेका छन् । वीरगन्ज नगपालिकाको लागि शोमबार आयोजना अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले यस्ता धारणा व्यक्त गरेका छन् ।

एडिविको आर्थिक अनुदानमा संचालित परियोजनाहरुलाइ आउने पौष मसान्तसम्म सम्पन्न गर्नुपर्ने र दोश्रो चरणको परियोजना लागुहने भएकोले निर्वाचित जनप्रतिनिधिहरुको सक्रियता र सहयोगमा ढल तथा सडक निर्माणकार्यमा तिव्रतादिनु पर्ने सुझाव सहभागीहरुले व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले स्थानिय निकाय विगतकोबर्षको जनप्रतिनिधि विहिन रहेकोले अहिले धेरै अपेक्षा राख्नु स्वाभागीक भएको बताउदै बिकास निर्माणका कार्यक्रमहरुमा तिव्रता दिने बताउनु भयो ।
उहाँले जनता मेयर आमने सामने कार्यक्रमको माध्यमबाट हरेक वडावासीसगं छलफल गरि आगामी विकास निर्माणका योजनाहरु छनौट गरिने बताउनु भयो ।
मेयर सरावगीले विभिन्न अवरोधका कारण एडिविको परियोजनामा विलम्ब भएपनि अहिले निर्माण कार्यहरुमा तिव्रता दिएको जानकारी गराउनु भयो । वीरगंजको पुर्वी भेगमा रहेका विभिन्नटोलका डुवान समस्यालाइ समाधानको लागी नाला निर्माण तथा वाइपास र विभिन्न लिकंसडक निर्माणकार्यहरु अब लागू हुने दोश्रो चरणको परियोजनामा रहेको कार्यक्रममा नगर प्रमुख सरावगीले बताउनु भयो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद रेग्मीले स्वागत मन्तव्यक्त राख्दै विभिन्न परियोजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममासहरी विकास परियोजनाका निर्देशक चक्रवर्ती कंठले नेपालको विभिन्न सहरहरुमा चलिरहेको एशियाली डेभलप्मेन्ट बैकंद्धारा चलिरहेका परियोजनाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
यसैगरी राजेन्द्र गीरीले आयोजना कार्यन्वयन र स्थानिय संगठन ब्यवस्थाको बारेमा सहभागीहरुलाइ जानकारी गराएका थिए भने परियोजना प्रबन्धक शैलेन्द्र श्रेष्टले वीरगंज महानगपालिकामा चलिरहेका विभिन्न परियोजनाहरुको बारेमा जानकारी गराएका थिए ।
तपाईंको प्रतिकृया




