काठमाडौं । विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरस संक्रमणलाई जितेका छन् । अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण देखिएकोमा एक करोड ७२ लाख ९६ हजारभन्दा बढी निको भएको वर्ल्डओमिटरले जनाएको छ ।
विश्वभर आठ लाख ४० हजार पाँच सयको ज्यान गइसकेको छ । सबैभन्दा धेरै अमेरिकामा ६० लाख ९३ हजार जनामा सङ्क्रमण देखिएकोमा ३३ लाख ७० हजार जना निको भएका छन् भने एक लाख ८५ हजार नौ सय जनाको ज्यान गएको छ ।
ब्राजिलमा ३८ लाख १२ हजार जनामा सङ्क्रमण देखिएकोमा एक लाख १९ हजारको ज्यान गएको छ । छिमेकी देश भारतमा ३४ लाख ६१ हजार जना सङ्क्रमित भएका छन् । २६ लाख ४७ हजार निको भएका छन् ।
भारतमा ६२ हजार सात सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ७६ हजार सङ्क्रमित थपिएका छन्, एक हजार १९ जनाको ज्यान गएको छ ।
तपाईंको प्रतिकृया




