काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा २३० ,ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा देखिएका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ भने मृत्यु हुनेको संख्या १७५ जना पुगेको छ ।
त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १९ हजार ५ सय ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
तपाईंको प्रतिकृया




