काठमाडौं उपत्यकामा थप ३०१ संक्रमित फेला

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार काठमाडौं जिल्लामा २३० ,ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा देखिएका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ भने मृत्यु हुनेको संख्या १७५  जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १९ हजार ५ सय ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री