वीरगन्ज । पर्सामा भदौ ७ गते मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । भदौ ७ गते राति १०:१० बजे नारायणी कोभिड १९ अस्पताल गण्डकमा उपचारत जिराभावानी गाउँपालिका वडा नम्बर ४ का ६८ वर्षिय पुरुषको मृत्यु भएको थियो ।
सोहि दिन राति ०९:३० मा अस्पताल भर्ना भइ उपचारकै क्रममा उनको मृत्यु भएकोमा स्वाव संकलन गरी पिसिआर परिक्षण गर्दा भदौ ८ गते पोजेटिभ आएको हो । मृतकलाई निमोनिया, खोकी साथै पहिलेदेखि मुटुको समस्या रहेको र उनको कुनै ट्राभल हिष्ट्री नभएको बताइएको छ ।
तपाईंको प्रतिकृया




