काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८४८ जनाको मृत्यु भएको छ ।
योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५८ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५८ हजार ३९० पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ६० हजार ९७५ जना संक्रमित पुष्टि भएको छ ।
योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३१ लाख ६७ हजार ३२४ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।
भारतमा अहिलेसम्म २४ लाख ४ हजार ५८५ जना ठिक भएका छन् । त्यस्तै ७ लाख ४ हजार ३४८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ६८ लाख २७ हजार ५२० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ९ लाख २५ हजार ३८३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।




