chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

मोबाइल चलाउँदै गर्दा चट्याङ लागेर युवकको मृत्यु

कञ्चनपुर । चट्याङ लागेर बेलौरी नगरपालिका-१ वैशाखीका २२ वर्षीय लोकेन्द्र चन्दको गए राति मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका उनलाई कैलालीको निःसर्ग अस्पतालमा पुर्याइएपछि उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । उनका अनुसार सोही ठाउँका २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही चट्याङ लाग्दा घाइते भएका छन ।

घाइते दुवैको निःसर्ग अस्पतालमा उपचार भइरहेको छ । घर नजिकैको राधाकृष्ण मन्दिरमा बसेर तीनै जना मोबाइल चलाउँदै गर्दा राति ८ बजेर २५ मिनेट जाँदा चट्याङ लागेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस