थप ८१८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुग्यो

काठमाडौं । आज  आइतबार थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप ८१८   जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३१ हजार ९ सय ३५  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या १ सय ४९ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप