काठमाडौं । बलिउड अभिनेता सलमान खान आगामी जेठ १२ गते नेपालमा आउने भएका छन् । नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर सो का लागि निश्चित गरिएको उल्लेख छ ।
गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक सो आयोजना गर्ने भनिएको थियो । तर अन्तिम समयमा विप्लव समूहको धम्कीलाई देखाउँदै स्थगित भएको थियो ।
प्रतिकृया दिनुहॊस