गण्डकी प्रदेशमा शनिबार ११ संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप ११ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ११ संक्रमित थपिएका हुन् ।

निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा कास्कीका ३ जना, बाग्लुङका एक जना, तनहुँका २ जना, स्याङजाका २ जना र नवलपरासी पूर्वका ३ जना रहेका छन् ।

नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८५५ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री