ब्रुनईको सियाम्मल रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं ।  ब्रुनईको सियाम्मल रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सम्झौता भएको छ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र सियाममल रेमिट्यान्सको तर्फबाट निर्देशक पिजी.एचजे.सेरुजी बिन पिजी. एचजे. ड्यामिट ले हस्ताक्षर गरे।

सम्झौतासँगै ब्रुनईमा रहेका नेपालीहरुले सियामली रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ८ हजार ५ सय भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने कम्पनीको भनाइ छ।

साथै नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री