ग्लोबल आइएमई बैंकले शुरु गर्यो कल सेन्टर,अब घर बसेरै बैंकिङ जानकारी लिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले एक द्वार प्रणाली अनुरुप ‘ग्लोबल कनेक्ट’ नामक कल सेन्टरको सुरुवात गरेको छ ।

ग्राहकहरुको बैंकिङ आवश्यकतालाई सम्बोधन गर्न बैंकले कल सेन्टरको सुरुवात गरेको हो ।

ग्राहकले  बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरेर आफ्ना विभिन्न जिज्ञाशाहरुको समाधान, गुनासो, सूचना, तथा सुझावका लागी सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुले +९७७-१-५९७०६०० मा फोन गरी ग्लोबल कनेक्टमार्फत बैंकको विभिन्न सेवासम्बन्धी जानकारी हासिल गर्न सक्नेछन् । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीहरुलाई थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस