वीरगञ्जमा कोरोनाबाट २ जनाको मृत्यु

वीरगञ्‍ज । कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्‍जमा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्‍जको भिस्वा घर भएका ५७ वर्षका पुरुष र वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुष  नै छन् । उनीहरु दुवैको मंगलबार मृत्यु भएको  थियो  ।

८४ वर्षीय बृद्ध साउन २७ गते नारायण अस्थायी कोरोना अस्पताल भर्ना भएका थिए ।

त्यस्तै, अर्का ५७ वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या भएपछि एक साता अघि अस्पताल भर्ना भएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप