सिटिजन लाइफको जीवन बीमा कोषमा १६४ प्रतिशत बृद्धि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले आ.व. २०७६ / ०७७ को चौथोे त्रैमासिक (आषाढ मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै सोमा १६४ प्रतिशत ले वृद्धि गरेको छ ।

गत असार मसान्तमा कम्पनीको जीवन बीमा कोष रु. ६३ करोड ४८लाख रहेकोमा यस आषाढ मसान्तमा सो रकम १ अर्व६७ करोड ८८ लाखपुगेको छ ।

कम्पनीले गत आ.व.को आषाढ मसान्तसम्ममा कुल बीमा शूल्क १ अर्व १६ करोड ५१ लाख रुपैयाँ संकलन गरेकोमा यस आ. व.को सोही अवधिमा १ अर्व ९६ करोड ८३ लाख कुल बीमा शुल्क संकलन गर्न सफल भएको जनाएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप