फेरि बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख ३ हजार ५ सय पुग्यो

काठमाडौं । सुनको मूल्य तोलाको हजार रुपैयाँ बढेर एक लाख तीन हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबार एक लाख दुई हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बुधबार भने प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज नेपाली बजारमा छापावाल सुनको मूल्य एक लाख तीन हजार पाँच सय रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

यस्तै छापावाल सुनको मूल्यसँगै तेजाबी सुनको भाउ पनि प्रतितोला हजार रुपैयाँले बढेको छ । हिजो नेपाली बजारमा एक लाख दुई हजार रुपैयाँमा किनबेच भएको तेजाबी सुन आज भने एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार मात्र प्रतितोला ५० रुपैयाँले बढ्दै १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज पनि बढेको छ । आज प्रतितोला ६० रुपैयाँले बढ्दै १४ सय पाँच रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस