काठमाडौं चुच्चेपाटीमा पत्नी र छोरीमाथि स्प्रिट प्रहार

काठमाडौं । काठमाडौंको चुच्चेपाटीमा एक व्यक्तिले पत्नी र छोरीलाई स्प्रिट छ्यापेका छन् ।

हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका करिब ४४ वर्षीय राजन विष्टले रक्सीको सुरमा ४० वर्षीया पत्नी र करिब २० वर्षीया छोरीलाई गए राति नौ बजे स्प्रिट आक्रमण गरेका हुन् । घटनापछि राजन विष्टलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक हिरा महराले जानकारी दिएका छन् ।

‘विष्ट परिवारमा घरायसी झगडा रहेछ । राति मादक पदार्थ खाएर घर आएपछि बाबुले छोरी र पत्नीलाई एसिड आक्रमण गरे भन्ने खबर आयो,’ प्रहरी निरीक्षक महराले भने, ‘बाबुलाई पक्राउ गरेर अनुसन्धान गर्दा एसिड नभएर हात धुन प्रयोग गरिने स्प्रिट छ्यापेको पाइयो ।’

स्प्रिट आक्रमणबाट आमा र छोरीलाई कुनै असर भने नगरेको उनले बताएका छन् । ‘राति नै उनीहरुलाई उपचारका लागि तिलगंगा अस्पताल लगिएको थियो, दुबै जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।’

टाउको र अनुहारमा स्प्रिट परे पनि आमा छोरी दुबैको आँखाको ज्योतिमा कुनै असर नगरेको चिकित्सकले बताएका छन् । ‘स्प्रिट आक्रमण गर्नेलाई के कारबाही हुन्छ, हामी बुझ्दैछौं । छलफलको लागि राजनका पत्नी र छोरीलाई आज बिहान प्रहरी कार्यालयमा बोलाएका छौं,’ प्रहरी निरीक्षक महराले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस