एभरेष्ट बैंकद्वारा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानलाई स्वास्थ्य उपकरण सहयोग

काठमाडौं । एभरेष्ट बैंकले लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानलाई स्वस्थ्य उपकरण सहयोग गरेको छ ।

बैंकले संस्थानको अम्बिका शाह आंखा अस्पताल तथा रिसर्च सेन्टरलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अटोफ्रर्याक्टोमिटर र केराटोमिटर नामक उपकरण हस्तान्तरण गरेको छ ।

दृष्टीदोष पत्ता लगाई सकेपछि प्रयोग हुने चस्माको पावर जाँंचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ ।

१० लाख १५ हजार मुल्य बरावरको रहेको उक्त उपकरण अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख बिष्णु प्रसाद ज्ञवालीले हस्तान्तरण गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप