नेपालमा सुनको मूल्यले रेकर्ड तोड्यो,एक लाख नजिक पुग्यो

काठमाडौँ । बुधबार सुनको  मुल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मुल्यमा प्रति तोला ३ सयले बढेको छ ।

योसँगै नेपालमा सुनको मुल्य अहिलेसम्मकै धेरै प्रति तोला ९८ हजार ५ सय पुगेको छ ।

यस अघि मंगलबार सुन प्रति तोला ९८ हजार २ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

मंगलबार चाँदीको मूल्य १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। पछिल्लो सातादेखि बढिरहेको चाँदीको मूल्य आज भने घटेको हो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस