विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु

सुर्खेत । जाजरकोटमा विषालु च्याउ खाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी  एकै घरका ४ जनाको मृत्यु भएको  हो ।

यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए ।

बिरामीमध्ये टेकबहादुरकी  ३ वर्षीया छोरी अञ्जना,१६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको हो ।

विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई गाउँपालिकाले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार नै सुर्खेत पुर्‍याएको थियो ।

बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य  रहेको बताईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप