काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९८ हजार २०० रूपैयाँ पुगेको छ। हिजो प्रतितोला ९७ हजार ५०० तोकिएको सुनको मूल्य आज ७०० रूपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी महासंघले तोकेको मूल्यअनुसार आज नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बनेको छ । पछिल्लो समय सुनको मूल्यले दिनदिनै नयाँ किर्तिमान कायम गर्दै आएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य ९७ हजार ७६० रूपैयाँ तोकिएको छ भने चाँदीको मूल्य १२४५ रूपैयाँ कायम गरिएको छ।
तपाईंको प्रतिकृया




