माछा मार्ने क्रममा डुबेर १ जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहनगरपालिका-४ का ५० बर्षीय सिताराम चौधरीको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसोको समयमा रामधुनी नगरपालिका-६ मा रहेको शंकर बेलि तालमा जाल हानी माछा मार्ने क्रममा अचानक  तालमा डुबेर चौधरीको मृत्यु भएको  प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप