नेकपाको स्थायी कमिटी बैठक आजपनि स्थगित

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आज ११ बजे बस्ने भनिएको बैठक स्थगित भएको जानकारी दिएका छन् ।

थापाले पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले बैठक स्थगित भएको जानकारी दिएका छन् । अर्को बैठक कहिले हुन्छ भन्ने बारे भने उनले बताएका छैनन् ।

ओली र प्रचण्डबीच यहि साउन ९ गतेपछि छलफल हुन सकिरहेको छैन । दुवै अध्यक्षबीच सहमति हुन नसक्दा नेकपाको विवाद मिल्न सकिरहेको छैन ।

यसअघि सोमबार दुई पक्षले स्थायी कमिटीमा रणनीति बनाउन भन्दै हिजो आ-आफ्ना पक्षका नेतासँग छलफल गरेका थिए । प्रचण्ड-नेपाल पक्ष खुमलटारमा भेला भएका थिए भने प्रधानमन्त्री ओलीले पनि नेताहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।

प्रचण्ड-नेपाल समुह प्रधानमन्त्री ओलीले बैठक स्थगित गर्न खोजे पनि बैठक नरोक्ने र बहुमतले निर्णय गरेर अगाडी बढ्ने रणनितिमा रहेको छ भने ओली समुहले बहुमत-अल्पमतको आधारमा निर्णय नगर्ने पक्षमा रहेको छ ।

स्थायी कमिटीमा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि बैठक अवरुद्ध हुँदै आएको छ । असार १० गतेबाट शुरु भएको बैठक लगातार स्थगित हुँदै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री