प्रदेश नम्बर १ मा एकैदिन १९ जना प्रहरीमा भेटियो कोरोना

काठमाडौँ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत १९  जना प्रहरीलाई कोरोना देखिएको छ ।

गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत  ५ जना  प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा १९ जनामा कोरोना पुष्टि भएको हो ।

प्रहरीमा कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको बताइएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री