काठमाडौँ । १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत १९ जना प्रहरीलाई कोरोना देखिएको छ ।
गत शुक्रबार प्रदेश कार्यालयमा कार्यरत ५ जना प्रहरीमा कोरोना पुष्टि भएसँगै १६० जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा १९ जनामा कोरोना पुष्टि भएको हो ।
प्रहरीमा कोरोना देखिएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालय सिल गरेर कार्यलयमा कार्यरत सबै प्रहरीलाई क्वारेन्टिमा राखिएको बताइएको छ ।
प्रतिकृया दिनुहॊस