एनआईसी एशिया बैंक NIC Asia Bank Limited मा कर्मचारी संचय कोषका संचयकर्ताले डिजिटल माध्यमबाट रकम भुक्तानी गर्नसक्ने भएका छन् । बैंक र संचय कोषबीच डिजिटल भुक्तानी सम्बन्धमा सम्झौता भएसंगै संचयकर्ताले डिजिटल माध्यमबाट साँवा तथा व्याज तिर्न सक्ने सुविधा पाएकाे बैंकले वताएकाे छ ।
सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषका मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन् । बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूलाई सुविधाको निमित्त किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ । बैंकले ३२६ वटा शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको वताएकाे छ ।
प्रतिकृया दिनुहॊस