एनआईसी एशिया बैंकमा संचयकर्ताले अनलाइनबाट रकम तिर्न सक्ने सुविधा

एनआईसी एशिया बैंक NIC Asia Bank Limited मा कर्मचारी संचय कोषका संचयकर्ताले डिजिटल माध्यमबाट रकम भुक्तानी गर्नसक्ने भएका छन् । बैंक र संचय कोषबीच डिजिटल भुक्तानी सम्बन्धमा सम्झौता भएसंगै संचयकर्ताले डिजिटल माध्यमबाट साँवा तथा व्याज तिर्न सक्ने सुविधा पाएकाे  बैंकले वताएकाे छ ।

सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कोषका मुख्य प्रबन्धक अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका हुन् । बैंकले नेपाल क्लियरिङ्ग हाउससँगको सहकार्यमा सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूलाई सुविधाको निमित्त किस्ता रकम विद्युतीय माध्यमबाट भुक्तानी गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ । बैंकले ३२६ वटा शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिदै आइरहेको वताएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस