हिमालयन बैंकद्धारा“कान्ती बाल अस्पताल”लाई सहयोग

काठमाडौं । हिमालयन बैंकले बैंकको माहाराजगंज शाखा मार्फत आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माहाराजगंज, काठमाण्डौ स्थित “कान्ती बाल अस्पताल” लाई सहयोग प्रदान गरेको छ ।

बैंकले उक्त अस्पतालमा आउने सेवाग्राहीको सुबिधाको लागि अस्पताल हातामा रहेको उच्च प्रबिधियुक्त पानी प्रशोधन प्रणाली ¥यापिड स्यान्ड फिल्टर, हस्पिटल भेसल र यु.एफ फिल्ट्रेसनको मर्मत–संभार गरी अस्पताललाई हस्तान्तरण गरेको छ ।

उक्त मेशिन मर्मत संभार गर्न बैंकले रु. १ लाख ४२ हजार ९  सय ४५ रुपिया  प्रदान गरेको छ ।

बैंकका तर्फबाट बैंकका माहाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले उक्त मेसिनको मर्मत–संहार पछि अस्पतालका निर्देशक डा. कृष्ण प्रसाद पौडेललाई हस्तान्तरण गरे ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं. १९९४ …

प्रतिकृया दिनुहॊस