मेगा बैंकको एक्सटेन्सन काउण्टर महेन्द्रनगर यातायात कार्यालयमा

काठमाडौं । मेगा बैंकले कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयमा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ ।

महेन्द्रनगर यातायात कार्यालयका प्रमुख भोजराज भट्ट र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले  उक्त  काउण्टरको औपचारिक रुपमा उद्घाटन गरेका छन्  ।

बैंकको काउन्टर खुलेपछि अब सेवाग्राहीहरुले यातायात कार्यालयमा सहज रुपमा बैंकिङ्ग कारोबार गर्न सकिने  बैंकले  जनाएको छ । यस काउण्टरबाट ४ सय जना सेवाग्राहीहरु दैनिक लाभान्वित हुने विश्वास लिईएको  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री