रौतहट । गौर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा युवा विकास केन्द्र गौरले वडा नम्बर ४ का किशोरीहरुका लागी निशुल्क कम्प्युटर तालिमको शुरुवात गरेको छ । सोमवार आयोजक संस्थाका अध्यक्ष प्रविण टिबडेवालको अध्यक्षतामा सो तालिमको वडा नम्बर ४ का वडा अध्यक्ष भुवनेश्वर शाहिले रिबन काटि उद्धघाटन गरेका छन् ।
गौर नगरपालिका वडा नम्बर ५ मा रहेको संस्थाको तालिम कक्षमा सम्पूर्ण सहभागीहरु बिच एक कार्यक्रम आयोजना गरि तालिमको शुभारम्भ गरिएको थियो ।
पछिल्लो समय रौतहट जिल्लाको विभिन्न भागमा निजि तथा सरकारी बैंक, विधालय,सहकारी संस्था लगायत अन्य रोजगारीका अवसरहरु र्सिजणा हुने क्रम बढदै गएको तथा सो स्थानहरुमा रोजगारीको राम्रो अवसर हुन सक्ने संभावनालाई ध्यानमा राख्दै कम्प्युटर तालिमको सुरुवात गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष भुवनेश्वर शाहिको भनाई रहेको छ ।
उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दे वडा अध्यक्ष शाहिले भने“सिप सिखेर घरमा मात्रै बस्ने हो भने त लाखौंको लगानी बालुवामा पानि सरह हुने हो त्यहि भएर सिप सिखेर व्यवहारमा लागु गरे मात्र लगानीको प्रतिफल प्राप्त गर्न सकिन्छ ।
कार्यक्रममा गौर नगरपालिकाका ईन्जिनयर नागेन्द्र यादव, वडा सदस्य भैरव प्रसाद, गायत्री देवी, वडा सचिव कमला श्रीवास्तव, पत्रकार धर्मेन्द्र साह, रामपुकार राउत, प्रविण शर्मा, सतेन्द्र सिंह लगायतको उपस्थिती रहेको थियो ।
पछिल्लो समय रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेको युवा विकास केन्द्र गौर नामक गैर सरकारी संस्थाले युवा केन्द्रित विभिन्न कार्यक्रमहरु संचालन गरेर लोकप्रिय बन्दै गएको छ ।




