काठमाडौंमा दिउँसै लुटियो दुई बालिकाको कानका मुन्द्रा

काठमाडौं । काठमाडौंको कपुरधारा नजिकै दुईजना बालिकाले कानमा लगाएको सुनको मुन्द्रा दिउँसै लुटिएको छ ।

काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित बागमती ड्राइभिङ सेन्टर नजिकबाट दुबै बालिकाको कानबाट मुन्द्रा शनिबार दिउँसो लुटिएको हो ।

उनीहरू दुवैले लगाएको करिब १ तोला बराबरका मुन्द्रा लुटिएको काठमाडौं प्रहरीले जजाएको छ । ती दुबै बालिका कपुरधारा क्षेत्रकै निवासी हुन् । लुटमा अन्दाजी ३५ वर्षीय महिलाको संलग्ननता देखिएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलाले बालिकाहरूलाई फकाएर गल्लीमा लगेर मुन्द्रा झिकेर भागेकी थिइन् । ती महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री