सुनको भाउ प्रति तोला ३ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलवार छापावाला सुन प्रतितोला ५८ हजार २ सयमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएकाे जानकारी अनुसार छापावाला सुनको मुल्य हिजोको तुलनामा आज ३ सय रुपैयाँ बढेको हो ।

त्यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ९ सयमा कारोबार भईरहेकाे छ । हिजो छापावाला सुन ५७ हजार ९ सय र तेजावी सुनको मुल्य प्रतितोला ५७ हजार ६ सयमा कारोबार भएको थियो । आज भने चाँदी प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री